Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

फ्युज मेसिनले ल्यायो कोरोनाको जानकारी दिने वेबसाइट

Company Register

फ्युज मेसिनले विश्वभर फैलिएको कोरोना भाइरस (कोभिड-१९) को जानकारी दिन वेबसाइट सञ्चालनमा ल्याएको छ । जुन वेबसाइटको नाम कोभिड नेपाल रहेको छ ।

Advertisement

कोभिड नेपाल वेबसाइटबाट नेपाल र विश्वमा कोरोना भाइरसको अवस्था के छ भनेर थाहा पाउन सकिन्छ ।   यो वेबसाइटमा आपतकालिन नम्बर समेत राखिएको छ ।

जसमा नेपाल सरकारले प्रदान गरेका नम्बरहरु रहेका छन् । यो वेबसाइटबाट  कहाँ गएर परीक्षण गर्ने र कहिले परीक्षण गर्ने बारेमा पनि सूचना प्राप्त गर्न सकिने छ । 

त्यसैगरी कुन ठाउँमा अस्पतालको क्षमता कति छ भनेर पनि जानकारी प्राप्त गर्न सकिने छ । फ्युज मेसिनले ल्याएको कोरोनाको जानकारी दिने वेबसाइट यहाँ क्लिक गरेर हेर्न सकिने छ ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...