नेपाल कम्युनिष्ट पार्टी ९नेकपां० प्रचण्ड–माधब समुह मकवानपुरको अध्यक्षमा मुनु सिग्देल चयन हुनु भएको छ । नेपाल समूहले भागवण्डाका आधारमा ६८ जिल्ला नेतृत्व टुंगाएको हो । यो संगै प्रचण्ड९नेपाल समूहको मकवानपुर अध्यक्षमा मुनु सिग्देल र सचिवमा प्रेम बहादुर पुलामी चयन भएका छन्। सहमति अनुसार ३५ जिल्लामा पूर्वमाओवादी समूहले नेतृत्व पाएको छ। ३३ जिल्लामा पूर्व एमालेका नेपाल समूहले नेतृत्व पाएको छ।