Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

सरकारको निर्देशिका पछ्याउँदै बालज्योति मावि हेटौंडा-भर्चुअल कक्षा आजदेखि शुरु

Company Register

Advertisement

देश लकडाउनमा गएपछि ठप्प बनेको शिक्षा क्षेत्रलाइ बैकल्पिक माध्यमबाट शिक्षाको मूलधारमा पून फर्काउन सरकारले निर्देशिका जारी गरेपछि बालज्योति मावि हेटौंडाले भर्चुअल कक्षाा शुरु गरेको छ। बालबालिकामा पठन संस्कृतिको बिष्मरणलाइ हटाउन तथा क्षती भएको पठनपाठनलाइ केही हदसम्म भएपनि पूरा गराउन यस्तो कक्षा शुरु गरिएको बालज्योति माविका पूर्व प्रधानाध्यापक श्रीराम दाहालले बताउनुभयो ।

विद्यालयले भर्चुअल कक्षा शुरु गरेपछि खुशी भएर आफ्नो छोरालाइ भर्चुअल कक्षामा समावेश गराएका अभिभावक कृष्ण पौडेलले बालज्योतिको यस्तो कार्य स्वागतयोग्य भएको बताए । आफूपनि सामुदायिक विद्यालयको शिक्षक भएका कारण आफ्नो बालबालिका सामुदायीक विद्यालयमै भर्ना गरेको बताउँदै उँहाले सामुदायीक विद्यालयप्रति सबैले सकरात्मक धारणा राख्नुपर्ने समेत बताउनुभयो ।

अंग्रेजी शिक्षाप्रति समुदायको चासो बढ्दै गएपछि बालज्योति माध्यमिक विद्यालयले विगत चार वर्षदेखि सञ्चालन गर्दै आएको छ । यसवर्ष देखि विद्यालयले कक्षा ७ र ८ लाइ अंग्रेजी माध्यममा लगेको बताउँदै दाहालले यो समेत कक्षा १ देखि ८ सम्म अंग्रेजी र नेपाली दुबै माध्यममा पठनपाठन शुरु भएको बताउनुभयो । हाल बालज्योति माविले कक्षा ६ देखि १० सम्म आजदेखि भर्चुअल कक्षा सञ्चालनमा ल्याएको हो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...