Comments Add Comment

क्लियर टिभीमा अनलाइन कक्षा सुरु

काठमाडौं – नेपालको एक अग्रणी केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबल नेट प्रालिले ई–कक्षा प्रसारण सुरु गरेको छ ।

यस बिषम परिस्थितिमा बिद्यार्थी बर्गहरुको पठन पाठनमा अबरोध नहोस् भनी क्लियर टिभी सेवामा ई–कक्षा प्रसारण सुरु गरेको छ ।

कक्षा ४ देखि १० सम्मका बिद्यार्थीलाई यस्तो समयमा उपयोगीमुलक शैक्षिक सेवा दिनका निम्ति डियर वाल्क इन्स्टिच्युट अफ टेक्नोलोजीले तयार पारेको शैक्षिक सामाग्राीलाई समाबेश गरी च्यानलको प्रसारण सुरु गरिएको हो ।

विज्ञान, समाजिक शिक्षा, अंग्रेजी, हिसाब र नेपालीको पाठ्यक्रम समावेश गरिएको यस ई–कक्षा सोमबारदेखि शुक्रबारसम्म बिहानको ११ बजेदेखि सुरु हुनेछ ।

यस बिषम परिस्थितिमा बिद्यार्थीबर्गका निम्ति यो कार्यक्रम निकै नै लाभदायक रहने विश्वास लिइएको छ । थप जानकारी ग्राहकबर्गहरुले क्लियर टिभीको २९३ नं च्यानलमा प्राप्त गर्न सक्नुहुने जनाइएको छ ।

No photo description available.

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर