Breaking
4 Dec 2024, Wed

विद्यार्थीलाइ तत्कालै विद्यालय नपठाइने अभिभावक महासंघको भनाइ- बैकल्पिक माध्यम नै अहिलेको बिकल्प -प्याब्सन

कोरोना संक्रमणको दर बढ्दै गएको विषम परिस्थितीमा बालबालिकालाइ तत्काल विद्यालय नपठाइने नेपाल राष्ट्रिय अभिभावक महासंघ मकवानपुर अध्यक्ष ध्रुव प्रसाद चौंलागाइले बताएका छन् । कतिपय विद्यालयहरुले केही कक्षाहरुलाइ विद्यालयमै बोलाएर शिक्षण शुरु गरेका छन् नी त यहाँहरुले विद्यालय पठाउने निर्णय गर्नुभएको हो भन्ने प्रश्नको जवाफमा बोल्दै वहाले यस्तो बताउनुभएको हो । अधिवक्ता समेत रहेका अभिभावक संघ मकवानपुर अध्यक्ष चौलागाइले सरकारले पनि विद्यालय खोल्नु भनिनसकेको र जोखिमको अवस्था पनि मूल्याङ्कन गर्दा अहिले नै वालबालिका विद्यालय पठाउनु भनेको कानुनकै बर्खिलाफ हुने समेत बताएका हुन् ।

यता संस्थागत विद्यालय शिक्षकको पेशागत संस्था ISTU राष्ट्रिय समिति सचिव दीपक गौतमले पनि भौतिक रुपमा विद्यार्थीलाइ कक्षाकोठामा उपस्थित गराउन नसकिएपनि सरकारले दिएको चार बिकल्प मध्ये अनलाइन पद्दतीमार्फत संस्थागत विद्यालयहरुले भने असार पहिलो सातादेखि नै बैकल्पिक पठनपाठनको शुरुवात गरेको बताएका हुन् । सबै बालबालिकको पहूँचमा इनटरनेट सुविधा नपुग्ने हकमा कसरी ब्यवस्थापन गर्नुहुन्छ भन्ने प्रश्नमा बोल्दै गौतमले उनिहरुलाइ सिकाइ सामग्री सम्वन्धित स्थानमा पुर्याउनु नै उत्तम विकल्प रहेको बताएका हुन् ।

अधिवक्ता समेत रहेका प्याब्सन राष्ट्रिय समिति सदस्य मदन दाहालले पनि भौतिक अवस्थामा बालबालिका विद्यालय बोलाएर शिक्षण गर्ने अवस्था नरहेपनि बैकल्पिक सिकाइलाइ अगाडि लैजानुपर्नेमा जोड दिएका हुन् । लकडाउनको अवस्थामा शिक्षकहरुलाइ सेवाबाट हटाउने र लकडाउन अवधिको तलब नदिने गरेको सत्य हो भन्ने प्रश्नमा बोल्दै दाहालले त्यसमा सत्यता नरहेको बताए । बरु तलब समयमा दिन नसकिएको एकाध घटना हुनसक्छन् किनभने अभिभावकसंग उठाएर नै त्यो दिइने हो केही समय ढिलो हुनसक्छ भन्नेतर्फ केन्द्रित गरेका हुन् । अभिभावक संघ मकवानपुर अध्यक्ष चौलागाइ त लकडाउन अवधिको शुल्क दिन तयार छैनन् भन्ने प्रश्नमा बोल्दै दाहालले कोर्ष पूरा गर्ने दायित्व विद्यालयको भएपछि अभिभावकहरुले मानवीय नाताले पनि त्यसो नभन्नेमा आफू विश्वस्त रहेको समेत प्रष्ट पारेका हुन् ।

Ad
Ad