चट्याङले चिरेको रूखको
कापमा कुनै चराले गुँड बनायो
र कोरल्यो एक छिमल बचेराहरू

उन्मुक्त उडान भरे बचेराले अलिपछि
र धाउन थाले
चट्याङ पठाउने आकाशको देश ।

चट्याङलाई भने आज
बादलको बर्को चाहिएको छ ।