मकवानपुरको हेटौंडा उपमहानगरपालिका –८ कमाने स्थित टिका प्रसाद कडेलको भुस गोदाममा आगलागी भएको छ । बुधबार रातीदेखि लागेको आगलागी हालसम्म नियन्त्रणमा आउन नसकेको जिल्ला प्रहरी कार्यालय मकवानप्रले जनाएको छ ।

अहिले हेटौंडा उपमहानगरपालिकाको दमकल,जितपुर सिमरा उपमहानगरपालिकाको दमकल,खैरेनी नगरपालिकाको दमकल,नेपाल आयल निगमको दुई वटा दमकल गरी ५ वटा दमकल र प्रहरीहरुको सहयोगमा आगो निभाउने कार्य भईरहेको प्रहरीले जानकारी दिएको छ । उक्त गोदाममा करिब पचास हजार भुसको बोरा रहेको प्रहरीको भनाई छ । का लागि वडा नंबर ८ स्थित रहेको एक भुस गोदाममा भिषण आगलागी भएको छ ।