सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले ७७ जिल्ला इन्चार्ज तथा सहइन्चार्जको टुङ्गो लगाएको छ । आइतबार बसेको सचिवालय बैठकले इञ्चार्ज तथा सह–इन्चार्जहरुको टुङ्गो लगाएको हो । बैठकले मकवानपुरको इन्चार्जमा प्रतिनिधिसभाका सांसद विरोध खतिवडा र सह–ईन्चार्जमा प्रदेशसभा सदस्य कुमारी मोक्तान र पूर्व जिल्ला अध्यक्ष रामेश्वर रानालाई चयन गरेका छन् ।
यस अघि माओबादीको भागमा मकवानपुरको पार्टी इन्चार्ज पर्ने भनिएपनि पछील्लो अवस्थामा भने खतिवडा इन्चार्ज चयन हुनुभएको हो । यसैगरी नेकपा मकवानपुरको सहइन्चार्जमा तत्कालिन नेकपा एमाले मकवापनुरका अध्यक्ष समेत रहनुभएका रामेस्वर राना र तत्कालिन माओबादकिा जिल्ला इन्चार्ज कुमारी मोक्तान सहइन्चार्ज हुनुभएको छ । नेकपाको सचिवालय बैठकले यो निणय गरेको हो ।
नामावली सहित