Comments Add Comment

हेटौँडा १८ मा २ सय युवा काँग्रेसमा प्रवेश

नेपाल तरुण दल हेटौंडा उपमहानगर १८ वडा समितिको भेलामा २ सय जना युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । तरुण दल वडा अध्यक्ष अशोक गौतमको अध्यक्षता एवं नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा राप्रपानिकट विद्यार्थी संगठन मकवानपुरका सचिव मनोज पन्डितसहित विभिन्न पार्टीका कांग्रेस प्रवेश गरेको नेपाल तरुण दलले जनाएको छ ।

तरुण दल मकवानपुरका कोषाध्यक्ष गोपिलाल विश्वकर्मा, सहसचिव रामबाबु बानियाँ, पार्टी सल्लाहकार दामोदर सुवेदी, हेटौंडा उपमहानगर सभापति आनन्दराम पराजुली, तरुण दल जिल्ला अध्यक्ष ईश्वर पाठक, जिल्ला सचिव सचित थापा, नगर अध्यक्ष सुनिल गिरी, नगर सचिव सुशील सिग्देल, नेपाल विद्यार्थी संघ मकवानपुरका अध्यक्ष राजु खतिवडा, तरुण महाधिवेशन प्रतिनिधि शैलेन्द्र बानियाँ लगायत तरुण नेता तथा कार्यकर्ताको कार्यक्रममा उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर