मकवानपुर भिमफेदि गाउँपालिका १ मा  भएको दुर्घनामा घाइते भएका हेटौडामा उपचार सम्भव नभए पछि भरतपुर रिफर गरिएको छ । कारको ठक्करबाट मोटरसाइकलमा सवार दुई जना घाइते भएका थिए ।  
घाइते हुनेमा मोटरसाइकल चालक हेटौँडा–४ सितलमहल चोकका २२ बर्षीय सुजन कार्की र पछाडि बस्ने हेटौँडा–१० का रजित सुर्खेति रहेका छन् ।  

टाउकोमा चोट लागेका कार्कीलाई चुरेहिल हस्पिटलमा उपचार हुन नसके पछि  भरतपुर रिफर गरिएको छ भने हात र खुट्टा भाँचिएका सुर्खेतिको अर्थोपेडिक अस्पताल हेटौँडामा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।  रिफर गरेका कार्कीको अवस्था भने चिन्ताजनक रहेको प्रहरीको भनाई छ ।

आइतबार साँझ भीमफेदी गाउँपालिका वडा नम्बर १ बादरेभिर रातोमाटो भन्ने स्थानमा काठमाडौं जाँदै गरेको स्टेट ३ बिएए ०११ 
नम्बरको यातायात कार्यालय काठमाडौंको कारले हेटौँडा आउँदै गरेको ना५४प २८९१ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीको भनाई छ