मकवानपुरमा बुधबार साँझ थप ७ जना कोरोना संक्रमित थपिएका छन् । बुधबार बिहान ३९ जनाको स्वाब संकलन गरी परिक्षण गरिएकोमा ७ जनाको रिपोर्ट पोजेटिभ आएको हेटौंडा उपमहानगरपालिकाका जनस्वास्थ्य निरिक्षक भोला प्रसाद चौलागाईले जानकारी दिएका छन् । संक्रमित हुने मध्य ४ महिला र ३ पुरुष रहेका छन् ।