आसन्न बैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा मकवानपुरको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ५ मा सत्तासिन दल नेकपा माओवादी केन्द्रले उम्मेदवारी दर्ता गराएका छन् । सोमबार मकवानपुरगढी ३ स्थित मक्रान्चुलीमा रहेको निर्वाचन अधिकृतको कार्यालयमा पुगेर वडाध्यक्षसहित वडासदस्यहरुको उम्मेदवार दर्ता गराएका छन् ।

वडाध्यक्षमा रत्न प्रसाद तिमलसिनाले उम्मेदवार दर्ता गरेका छन् भने वडासदस्यहरुमा हरिलाल ब्लोन , दीलिप कुमार फुयाँल महिला सदस्यमा राधिका छत्कुली र दलित सदस्यमा शान्त वि.क ले उम्मेदवारी दर्ता गरिएको नेकपा माओवादी केन्द्र ५ नंम्बर वडा कमिटिका ईन्चार्ज तेज बहादुर अधिकारीले जानकारी दिए ।