मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नंम्बर २ स्थित थुम्कीमा चट्याङ पर्दा एक जना घाईते भएको छ । गएराती पानीसँगै परेको चट्याङले ४५ वर्षिया सुन्तली थिङ घाईते भएको छ । सुतिरहेको अवस्थामा चट्याङ लाग्दा उनको खुट्टामा सामन्य चोट लागेको हो । उक्त चट्याङ लागेर थिङको घरमा एउटा बाख्रा समेत मरेको छ भने सोलारको ब्याट्रीमा क्षेति पुगेको छ । ब्याट्रीमा क्षेति पुगेपछि बत्ती बाल्न समस्य भएका छन् ।