Comments Add Comment

मकवानपुरका थप ८ जनामा कोरोना भाइरस पुष्टि

मकवानपुरका थप ८ जनामा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । चितवनको चितवन मेडिकल कलेजको प्रयोगशालामा गरिएको परिक्षणमा मकवानपुरका ८ जनामा कोरोना भाईरस देखिएको हो । संक्रमण हुनेमा बकैयामा एक जना,मनहरीका एक जना र हेटौंडाका ६ जना रहेका छन् । जसमा बकैया गाउँपालिका वडा नंबर ५ का एक ३३ वर्षीय पुरुष रहेका छन् । तेसैगरि मनहरी गाउँपालिका वडा नंबर ६ की ८६ वषीया महिला र तेसैगरि हेटौंडा उपमहानगरपालिका वडा नंबर ३ का एक २८ वर्षीय पुरुष,वडा नंबर ५ का ३ जना क्रमश २८,३१ र ३३ वषीय पुरुष तथा वडा नंबर ८ का एक २६ वषीय पुरुष र ३२ वषीया महिला रहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर