Comments Add Comment

मकवानपुरमा थप २०५ संक्रमित थपिए , ३ जनाको मृत्यु

मकवानपुरमा मंगलबार थप २ सय ५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । जेष्ठ १ र २ गतेको स्वाब संकलन गरी परीक्षण गरिएकोमा थप २ सय ५ जनामा कोरोना पुष्टि भएको हेटौंडा जनस्वास्थ्य निरीक्षक भोला चौलागाईले जनाएका छन् । त्यस्तै पछिल्लो २४ घण्टामा हेटौंडा अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । मृत्यु हुनेमा हेटौंडा–९ का ५२ वर्षीय पुरुष,बकैया–३ का ४५ वर्षीय र बाराका ७५ वर्षीय पुरुष रहेका छन् । उनिहरुको हेटौंडा अस्पातलको कोभिड कक्षमा उपचारको क्रममा मृत्यु भएको हो । यो संगै मकवानपुरमा कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर