Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

भोईस अफ नेपालका नविन गजमेरको साँगितिक क्षेत्रको संघर्ष.. पुरा पढ्नुहोस्

Company Register

नेपालमा धेरै दर्शकले रुचाएको सिङ्गिङ रियालिटि शो ‘द भोईस अफ नेपाल’ को सिजन–३ अहिले चलिरहेको छ । शोमा चार जना कोचहरु रहेका छन् । चार जना कोचहरु मध्ये एक जना कोच प्रमोद खरेल पनि रहेका छन् । शोको ब्लाइन्ड अडिसनमा कोच प्रमोदको याद गर्न पनि कहिले काँही कोही न कोही त चाँहिदो रैछ भन्ने बोलको गीत गुञ्जियो । चारै जना कोचहरु गीत सुनेर छक्क परे । किनकी गीत कोच प्रमोदको आवाजमा गुञ्जिरहेको जस्तै थियो । गीतको दोस्रो अन्तरा सुरु भए लगत्तै तीन जना कोचको कुर्सी घुम्यो तर एक जना कोच राजुको कुर्सी घुमेको थिएन । किनकी कोच राजु गीतमै डुबिरहेका थिए । गीत सकिनसाथ कोच राजुको कुर्सी पनि घुमेको थियो । सबै जना कोचहरु फर्किए तर उक्त गीत गाउने प्रतियोगिलाई भने पर्दाले छेकेको थियो । एकैछिनमा पर्दा तल झार्दा उनि थिए सिक्किमका नविन गजमेर । उनले एक जना कोच छानेर अगाडी बढ्न आवश्याक थियो । उनले कोच राजुलाई छानेर अगाडी बढे ।

Advertisement

उनि ‘द भोईस अफ नेपाल ’ सिजन–२ मा पनि सहभागीता जनाएका थिए । तर उनले गायक शिव परियारको ‘आँशुको अर्थ के थाहा’ बोलको गीत गाए तर  कुनै पनि कोचको कुर्सी घुमेको थिएन । सिजन–२ मा उनले दमदार प्रस्तुति दिएपनि कोचहरु नघुमिदिँदा सबै दर्शक श्रोताहरुले नकरात्मक कमेन्टहरु पनि गरेका थिए । दर्शकहरुको मायाले नै उनि फेरी सिजन –३ मा पनि आएका हुन् । चारै जना कोचहरु फर्काउन सफल पनि भए । यो सामग्री तयार पार्दासम्म उनि अहिले ब्याटल राउण्ड पार गर्दै नकआउट राउण्डमा प्रवेश गरेका छन् । उनको जन्म सिक्किमको सानो गाउँमा भएको थियो । बुवा रविलाल गजमेर र आमा सशिता गजमेरको कोखबाट उनले वि.स. २०५३ सालमा जन्म लिएका हुन् । उनि सामान्य परिवारमा जन्मिएका हुन् । उनको परिवारमा बुवा , आमा , दाई , बहिनी र उनि समेत ५ जना सदस्य रहेका छन् । उनले आफ्नै गाउँमा रहेको सुल्डुङ–कामलिङ माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए ।

No description available.

नविन सानै उमेरदेखि गीतहरु गुनागुनाउने गर्दथे । उनलाई पछिल्लो समय आम नेपाली दर्शक श्रोताले भोईस अफ नेपालका प्रतियोगि नविन गजमेर भनेर चिन्ने गरेका छन् । तर उनको कथा भोईस अफ नेपालसँग मात्र जोडिएको छैन । उनको साँगितिक क्षेत्रको संघर्षको कथा छुट्टै छ । सानैदेखि राजु लामाको गीतहरु गाएर हुर्किएका नविन नेपाली गीतसँगीतलाई निक्कै माया गर्छन् । उनको बुवा निक्कै राम्रो गीत गाउने गर्थे जसका कारण नविन पनि गीत गाउने र गायक बन्ने सपना बोकेर हुर्किए । उनि सानो हुँदा गाउँमा एउटा न्यु जेनेरेशन नामको म्युजिक ब्याण्ड थियो । उनले त्यस ब्याण्डमा गीत गाउन थाले । उनको गायक बन्ने सपना यत्ति बलियो थियो कि उनले गायक बन्नकै लागि अरु कसैको घरमा बसेर संगीत सिक्नथाले । उनलाई सँगीत सिकाउने अनि जस्तोसुकै दुःखमा पनि साथ दिने उनका गुरु अनिल राई र ट्रेजा लेप्चालाई सदैव सम्झिरहन्छन् ।

उनि सन् २०१७ मा भएको सिक्किम राईजिङ स्टारको फर्स्ट रनर अप पनि भएका थिए । सन् २०१८ मा उनी सिक्किम ईकल्चर स्वरका विजेता समेत बने । उनले अहिलेसम्म १२ वटा गीतहरु रेकर्ड गराईसकेका छन् । उनलाई अनलाईपत्रको तर्फबाट भोईस अफ नेपालको यात्रा अझै अगाडी बढोस् र साँगितिक क्षेत्रमा सफता नै सफलता मिलोस् हार्दिक शुभकामना ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...