निर्माता सन्तोष सेनले अभिनेत्री पूजा शर्मालाई जन्मदिनको शुभकामना दिएका छन्। अभिनेत्री पूजा शर्माको आज परेको जन्मदिनमा निर्माता सन्तोष सेनले पनि सामाजिक सञ्जाल फेसबुकमा पूजा शर्मासंगको पुरानो फोटो पोष्ट गर्दै शुभकामना दिएका हुन्।

शुभकामनाको सन्देश दिदै निर्माता सन्तोष सेनले फेसबुकमा यस्तो लेखेका छन्, ‘जन्मदिन को हार्दिक मंगलमय शुभकामना ‘पुजा’ मेरो पहिलो “गीत” हामीले २ वटा चलचित्रमा सहकार्य गरे पनि यो क्षेत्रमा सफलताको अनुभुती संगै लिएका थियौ “प्रेम गीत” मार्फत ।। अझै धेरै सफलता मिलोस मेरो संधै आशीर्वाद रहने छ ।’

https://www.facebook.com/sen.santosh/posts/2907616949322316

प्रेमगीत प्रर्दशन संगै विवाद बढेपछि बोलचाल नहुने पूजा र निर्माता सन्तोष सेन विच यो शुभकामनाले भने सम्बन्ध सुधार भएको संकेत दिएको छ। प्रेमगीतको प्रर्दशन पश्चात सुदर्शन थापा, पूजा शर्मा एकातिर र निर्माता सन्तोष सेन, अभिनेता प्रदीप खड्का एकातिर भएका थिए।

उनीहरु विचको असमझ्दारी र दुस्मनी कै कारण पूजा शर्मा र प्रदीप खड्काको जोडीलाई पर्दामा फेरि हेर्ने दर्शकको चहाना अधुरै हुदै आएको थियो। निर्माता सन्तोष सेनले यो वर्ष अभिनेत्री पूजा शर्मालाई जन्मदिनको शुभकामना दिनुले पुरानो रिसिइबी मत्थर हुदै गएको अनुमान लाउन सकिन्छ ।