पाथीभरा माताले तपाईको मनोकामना पूरा गरुन् ! हेर्नुहोस् , २०७७ वैशाख १८ गते को राशिफल

अनलाइन पत्र संवाददाता२०७७-०१-१८ No Comments

आजको पञ्चाङ्ग

बि.सं. २०७७ वैशाख १८ गते बिहीवार ।  इ.सं. 2020 April 30 । शक संवत १९४२ । नेपाल संवत ११४० बछलाथ्वप्रमादीउत्तरायण वसन्त ऋृतु वैशाख शुक्लपक्ष तिथि सप्तमी , १०:१७ बजे उप्रान्त अष्टमी । नक्षत्र तिष्य , २१:५३ बजे उप्रान्त अश्लेषा । योग शूल , १६:४१ बजे उप्रान्त गण्ड । करण वणिज १०:१७ बजेदेखि भद्रा , २१:३६ बजे उप्रान्त कौलव । चन्द्रराशि कर्कट । आनन्दादी योग शुभ। दिनमान ३२ घडी ५३ पला । सूर्योदय ०५: २७ बजे । सूर्यास्त १८: ३६ बजे ।

सर्वार्थसिद्धि योग १०:१७ बजेसम्म र २१:३६ देखि २१:५६ बजेसम्म ।

तपाईको आजको  राशीफल

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, )

आज स्वास्थ्य प्रति सजक रहन जरूरी छ । सामाजिक काममा व्यास्त हुने समय रहेको छ, तर गरेको कार्यबाट सफलता भने नमिल्ला ।   

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)

भाग्यले साथ दिनेछ । आज परोपकार तथा सहयोग आदिमा पनि भूमिका निर्वाह गर्न पाइनेछ । सजिलै अरूको मन जित्न सकिनेछ ।     

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)

आज धार्मिक र सामाजिक महत्त्व क्षेत्रको भ्रमण हुनसक्छ । दुरदराजमा रहेका आफन्तजनसँग प्रविधि मार्फत भेटघाट हुनेछ ।        

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

आजको दिन घरमै हाँसखेल र मनोरञ्जनपूर्ण समय हो । परोपकारजन्य कार्यमा लगाव बढ्ने र लोकप्रियताको अवसर प्राप्त हुनेछ ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

आज घरायसी वातावरणमा केही असामान्यता देखिन सक्छ । परिवारभित्रका झिनामसिना काममा धेरै समय खर्चनु पर्नेछ ।    

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)

आज जिम्मेवारी बढ्न सक्ने समय आएको छ । मठ–मन्दिरको भ्रमणले काम सम्पन्न गर्न मद्दत पुर्याउने र शरीरमा ऊर्जा प्रदान गर्नेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)

आफन्त, सहयोगी र मित्रवर्गको सहयोगले महत्त्वपूर्ण कार्य सम्पन्न हुनसक्छ । गोपनीय ढङ्गले गरिएको कार्यमा सफलता मिल्न सक्छ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

घरपरिवारमा र रमाइलो वातावरण छाउनेछ । परोपकारका क्षेत्रमा लगानीको समय छ । मनमा हर्ष र प्रसन्नता छाउनेछ ।    

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)

आजको यात्राले दु:ख हुन सक्छ । काम बिगार्न चाहनेहरू अगाडि बढ्न सक्छन् । स्वरोजगारीका निम्ति मानशीक चिन्ता बढ्ला ।

मकर (भो,जा,जि,जु,जे,जो,,खि,खु,खे,खो,गा,गि)

आज प्रविधि मार्फत दैनिकी सहज हुनेछ । आफूसँग भएको क्षमता प्रदर्शन गर्ने अवसरपनि जुट्ला । पारिवारिक भेटघाट हुनेछ ।            

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)

आज वाणीमा कुशलता आउने दिन परेको छ । करियरको क्षेत्रमा मन मिल्ने साथीको सुझावले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नेछ ।    

मीन (दि, दु, , , , दे, दो, चा, चि)

आज बोलीवचन, प्रवचन–भाषण आदिमा प्रशंसा मिल्नेछ । परोपकारी कार्यमा संलग्न भइनेछ । रचनात्मक कार्यमा जुट्दा फाइदा हुनेछ । ज्यो.प. नारायणप्रसाद दुलाल

Ad
Ad