Comments Add Comment

‘म यस्तो गीत गाउँछु २’को ट्रेलर सार्बजनिक

सुदर्शन थापा निर्देशित फिल्म ‘म यस्तो गीत गाउँछु २’ को ट्रेलर रिलिज गरिएको छ । राजधानीको क्युज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गर्दै सार्वजनिक गरिएको ट्रेलर युट्युबमार्फत समेत सार्वजनिक गरिएको छ ।

ट्रेलरप्रति दर्शकले माया दर्शाएका छन् । अपलोड गरिएको केही समयमै फिल्मको ट्रेलरमा हजारौं प्रतिक्रिया आएका छन् ।

सार्वजनिक ट्रेलरमा नायिका पूजा र पलको सांगीतिक यात्रा र प्रेममा आएको उतारचढावलाई प्रस्तुत गरिएको छ। सुर्दशन थापाले निर्देशन गरेको सिनेमामा पल र पूजासँगै हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल लगायत कलाकारको अभिनय रहेको छ।

नायिका पूजा र निर्देशक सुदर्शनको लगानीमा बनेको सिनेमाको कथा निर्देशक सुदर्शनले तयार पारेका हुन्। सौरभ लामाले छायांकन गरेको सिनेमालाई बनिष शाह र मिलन श्रेष्ठले सम्पादन गरेका हुन्। यो सिनेमा फागुन २३ गते देखि प्रर्दशन हुँदैछ।

भिडियो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर