बलिउड अभिनेता दिलीप कुमारका भाइ असलम खानको शुक्रबार विहान कोरोनाभाइरसका कारण मृत्यु भएको छ । 

समाचार एजेन्सी एएनआईका अनुसार असलम खानलाई मधुमेह, उच्च रक्तचाप तथा मुटुको बिरामी थियो । उनी कोरोनाभाइरस संक्रमित पनि थिए । 
 

असलम खान झन्डै ९० वर्षका दिए । उनी मुम्बईको लिलावती अस्पतालमा उपचारका लागि भर्ना भएका थिए । दिलीपका अर्का भाइलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।