हिमालयन टेलिभिजनबाट प्रशारण हुँदै आइरहेको चर्चित रियालिटी सो द भ्वाइस अफ नेपाल किड्समा कोच र दर्शकको मन जित्दै आएका  मकवानपुरका जेनिस उप्रेतीले भोटको अपिल गरेका छन् । भ्वाईसको लाईभ राण्डको प्रस्तुतीपछि हेटौंडामा पत्रकार सम्मेलन गर्दै उप्रेतीले भोटको अपिल गरेका हुन् ।

उप्रेतीको मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १९ बस्तिपुरमा २०६७ सालमा जन्म भएको हो । उनले भ्वाईसको ब्ल्याइण्ड अडिशनमा चार जनै कोचहरुलाई आफु तर्फ फर्काउन सफल भएका थिए । ब्ल्याईण्ड अडिशन पार गरेपछि भ्वाईसको फर्मेट अनुसार एक जना कोचलाई रोज्नु पर्ने भएपछि उनले कोच प्रमोदलाई रोजेका थिए । अहिले उनि कोच प्रमोदमा रहेर आफ्नो प्रस्तुतीहरु पस्किदै आईरहेका छन् ।

उनले ब्ल्याइण्ड राउण्ड ब्याटल राउण्ड पार गर्दै अहिले लाईभ राउण्डको प्रस्तुती दिएका छन् । लाईभ राउण्डको प्रस्तुती दिए पश्चात भोटिङ पनि खुलेको छ । लाईभ राउण्डबाट कोचको मात्र नभई दर्शकको माया र अत्याधिक भोटको पनि आवश्यक पर्दछ । उनलाई भोट गर्नको लागि खाल्ती एप्स डाउन्लोड गर्नुपर्नेछ । सोही एप्स मार्फत आफुले चाहे अनुसार अधिकतम् करिव पाँच हजार मुल्य बराबरको भोट गर्न सकिनेछ भने एक भोट निःशुल्क पनि गर्न सकिनेछ ।

उनको आमाको केही महिना अघि मात्रै क्यान्सरसंगै कोरोनाको कारण मृत्यु भएको थियो । बाबु पनि बैदेशिक रोजगारीमा खाडी मुलुकमा छन् । चार बषकै उमेरमा गीत गाउन शुरु गरेको जेनिस अहिले ११ बर्षका भए । अहिले उनि काका रमेश उप्रेतीको साथमा छन् । उनका बाबु रोजगारीको शिलशिलामा कुवेतमा बिगत १० बर्षदेखि सवारी चालकको रुपमा छन् । उनी अहिले चितवनको मोडन र्बोडिङ स्कुलमा कक्षा ६ मा अध्ययनरत छन् । उनका अविभावकका अनुसार उनले ४ बर्षको उमेर विद्यालयमा अविभावक भेलामा गीत गाउन शुरु गरेका थिए ।

यही शुक्रबारबाट द भ्वाइस किड्समा लाइभ राउण्ड चलिरहेको छ । लाईभ राउण्डदेखि प्रतियोगिलाई अगाडि लैजाने कोचको कुनै हातहुँदैन । पूर्ण रुपमा दर्शकको माया, साथ र सहयोगको मुख्य भूमिका रहन्छ कुन प्रतियोगिलाई अगाडि बढाउने भन्नेमा । लाइभ राउण्डमा चार जना कोचका ६–६ जना गरी कुल २४ जनाप्रतियोगि रहेका छन् । जसमा आगामी हप्ता भ्वाइस किड्समा १६ जनाले टप १६ मा स्थान बनाउने छन् भने बाँकी आठ जनाप्रतियोगिताबाट बाहिरिने छन् ।