बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले संचारकर्मीलाई समाचार सम्प्रेषणमा सहजिकरण गर्ने बताएका छन् । नेपाल पत्रकार महासंघ अन्तरगतको फ्रि मिडिया नेटवर्कको टोलिसंग सञ्चार क्षेत्रका चुनौति र पत्रकारले रिपोटिङका क्रममा भोग्नु परेका समस्याको बिषयमा भएको छलफलमा प्रदेश प्रमुख शर्माले संचारकर्मीलाई समाचार सम्प्रेषणमा बन्देज लगाउने कुनै मनसाय नरहेको स्पष्ट पार्दै समाचार सम्प्रेषणका लागि सहजिकरण गर्ने बताएका हुन् ।

नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको नेतृत्वमा फ्रिमिडिया नेटवर्कको टोलीले बागमती प्रदेश प्रमुखको कार्यालयले प्रदेश सरकारका मन्त्रि तथा राज्य मन्त्रीहरुको पद तथा गोपनियताको सपथग्रहण कार्यक्रममा पत्रकारलाई प्रबेशमा रोक लगाएको लगायतका बिषयमा गरेको थियो । शर्माले सभाहलको क्षमता अनुसार ब्यबस्थापनमा केही समस्या रहेको जनाउँदै त्यसलाई सुधार गर्दै लैजाने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष धर्मेन्द्र झा, पत्रकार महासंघ बागमती प्रदेश उपाध्यक्ष रुपेश दुलाल, प्रेस युनियन मकवानपुर अध्यक्ष कुमार अधिकारी (पोष्टराज), पत्रकार महासंघ मकवानपुरका सह सचिव एमपि शर्मा, नेपाल पत्रकार महासंघ केन्द्रका कार्यक्रम प्रबन्धक संघर्ष पन्त, एलर्टका कार्यक्रम संयोजक बिजय क्षेत्री, प्रदेश प्रमुखको कार्यालयलका सचिव शिवराम न्यौपाने, प्रदेश प्रमुखका प्रमुख स्वकीय सचिव पारसमणि फुँयाल, प्रदेश प्रमुखका प्रेस संयोजक शिब चौलागाई लगायतको उपस्थिति रहेको थियो ।