मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापना हुने भएको छ । आइतबार कृषि विकास बैंक प्रदेश कार्यालय विरेन्द्रनगर चितवन र मकवानपुरगढ़ी गाँउपालिका बिच डिजिटल कृषि परामर्श सेवा केन्द्र स्थापनाको लागि सम्झौता भएको हो । किसानहरुलाई एकिकृत गरि कृषकहरुको समस्या समाधान गर्न र कृषि बाजारको पहुँच सहज बनाउन यो प्रविधिले सहज हुने बताइएको छ । डिजिटल माध्यमबाट सहि सूचना सहि समयमा प्रदान गरि कृषि क्षेत्रलाई प्रभाबकारी र व्यवस्थित गर्न यो कार्यक्रमले सहयोग पुग्ने विश्वास लिइएको छ । ।

सम्झौता पत्रमा कृषि विकास बैंकको तर्फबाट प्रदेश कार्यालयका निर्देशक श्री रघुनाथ न्यौपाने र बरिष्ठ शाखा अधिकृत नुरप्रसाद गौतम साथै मकवानपुरगढी गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत रामकुमार पुडासैनी र कृषि अधिकृत चन्द्रकान्त चौधरीले हस्ताक्षर गरेका छन् । सवै क्षेत्रमा डिजिट्लाइजेशन शुरुवात भईरहेको सन्दर्भमा डिजिटल कृषि सूचना तथा परामर्श सेवा केन्द्र स्थापना पश्चात मकवानपुरगढी गाउँपालिकाका कृषकहरुलाई डिजिटल प्रविधि मार्फत प्राविधिक सेवा एवम् खेती प्रविधि बारे जानकारी गराइनेछ । साथै मौसम सम्बन्धि जानकारी, बजार मूल्य सम्बन्धि जानकारी लगायतका बालीनाली तथा पशुपन्छीपालनको विविध पक्षबारेको सूचना प्राप्त गर्न सकिने गाउँपालिका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताए ।