मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ७ सुकौरामा महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई रैथाने बालीको महत्वबारे एक दिने अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । आईतबार मकवानपुरगढी –७ का वडाध्यक्ष सुर्य बहादुर रुम्बाको सभाध्यक्षमा कार्यक्रम भएको हो । कार्यक्रममा सुकौरामा रहेको जनता माध्यमिक विद्यालयका शिक्षिकाहरुको पनि सहभागिता रहेको थियो ।
कार्यक्रमको समन्वय र सहजीकरण मकवानपुरगढी गाउँपालिकाको स्वास्थ्य शाखा र सुकौरा स्वास्थ्य चौकीले गरेको मकवानपुरगढीका कृषि विकास शाखा प्रमुख चन्द्रकान्त चौधरीले जानकारी दिए ।