हेटौंडा उपमहानगरपालिका वडा नंम्बर १ स्थित भैरवडाँडामा पर्यटकलाई आकर्षित गर्न १८ फिट उचाइको धरहरा निर्माण गरिएको छ । पाथिभरा मन्दिर नजिकै काठमाडौंको जस्तैै उक्त धरहरा निर्माण गरिएको होे । धरहरा हेटौंडा उपमहानगरपालिकाको आर्थिक सहयोगमा निर्माण भएको हो । करिब १६ लाख बजेटमा उक्त धराहरा सहित पाथिभरा मन्दिर जाने सडक र मन्दिरमा शौचालय बनेको बताईएको छ । उक्त क्षेत्रमा मनमोहन भ्यु टावर समेत रहेको छ ।