Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

लकडाउनमा पनि शिक्षक संगठन मकवानपुर क्रियाशिल -प्रशिक्षणको ५१ औं श्रृंखला थाहा नगरमा

Company Register

Advertisement

नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरले लकडाउनलाइ सदुपयोग गर्दै शुरु गरेको अनलाइन शिक्षक प्रशिक्षणको ५१ औं सत्र तथा स्थानीय थाहानगरको तेस्रो दिनको शिक्षक प्रशिक्षणात्मक भेला आजपनि नियमित समयमा नै समपन्न भएको छ ।

नेपाल शिक्षक महासंघ उपाध्यक्ष तीलक कुँवरको प्रमूख आतिथ्यता रहेको कार्यक्रम संगठन थाहा नगर अध्यक्ष रमेशमान डंगोलको अध्यक्षतामा सम्पन्न भएको हो । देशका बिभिन्न जिल्ला तथा मकवानपुर जिल्ला थाहा नगरबाट सहभागी रहेका शिक्षकबीच सम्पन्न प्रशिक्षणात्मक भेलाइ आधुनिक राष्ट्रिय माविका शिक्षक कृष्णगोपाल श्रेष्ठले प्रशिक्षण दिनुभएको हो । प्रमूख अतथी कुँवरले बजेट बक्तब्यको बुँदा नं १६६ शिक्षक र शिक्षा क्षेत्रको लागि घातक भएको भन्दै सरकारले अबिलम्व त्यस्तो निर्णय सच्चयाउन जोडदार माग गर्नुभएको संगठन जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतमले बताउनुभयो ।

संगठन थाहा नगर सचिव मनोज लामिछानेले ले सञ्चालन गर्नुभएको कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन राष्ट्रिय समिति सदस्य पद्मा पौडैल बागमती प्रदेश सचिवालय सदस्य मोहन शर्मा, राधा पौडेल सदस्य सीतादेवी खनाल, पार्वती खनाल, नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुर अध्यक्ष श्रीराम दाहाल उपाध्यक्ष लक्ष्मी गजुरेल,सहसचिव प्रतिमा गौतम, लगायतको उपस्थिती रहेको थियो ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठन रसुवा अध्यक्ष मोचनाथ न्यौपाने, उपाध्यक्ष सिन्धुली अध्यक्ष पुरुषोत्तम पाहाडी, रसुवा उपाध्यक्ष आङ्ग माँयाँ शेर्पा, धादिङ्ग उपाध्यक्ष देव कुमारी दनै, पर्वत अध्यक्ष चिरञ्जवी अधिकारी, मकवानपुर जिल्ला समिति सल्लाहकार लक्ष्मी चौलागाइ,पिताम्बर वास्तोला,अकुरप्रसाद गौतम, पूर्व सचिव केशव प्रसाद सञ्जेल, कोषाध्यक्ष जयप्रसाद पोखरेल, सह कोषाध्यक्ष चन्द्रादेबी लामा बल,सचिवालय सदस्य कृष्ण पौडेल जिल्ला प्रचार विभाग प्रमूख सुनिल गौतम, सचिवालय सदस्य कृष्ण पौडेल, सदस्य सविता लामिछाने, भगवती पुडासैनी शिब प्रसाद चौलागाइ चुडा पौडेल हेटौंडा नगर अध्यक्ष मुकुन्द न्यौपाने, शिक्षक महासंघ हेटौंडा नगर अध्यक्ष दिपक अधिकारी संगठन नगर सचिव गोपिरमण प्याकुरेल, मकवानपुरगढी अध्यक्ष शिब प्रसाद लामिछाने, बकैया पालिका उपाध्यक्ष हरिरहर खनाल धादिङ सदस्य सरस्वती पाण्डे, लेखासमिति संयोजक अभिमन्यू गौतम, शिक्षक महासंघ केन्द्रिय प्रतिनिधी बिष्णुमान श्रेष्ठ लगायतकाको उपस्थिती रहेको थियो ।

संगठनको नियमित कार्यक्रम बैशाख ६ गतेदेखि निरन्तर सञ्चालन हुँदै आएकोमा ५२ औं सत्र भोली पनि शिक्षक संगठन थाहा नगर कमिटीले आइसिटी तालिम सहित नियमित ११ सञ्चालन गर्ने जिल्ला अध्यक्ष श्रीराम दाहालले बताउनुभयो ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...