Comments Add Comment

मकवानपुरगढीको बुढिचौरमा शनिबार बृहत ल्होछार सांस्कृतिक कार्यक्रम हुँदै

मकवानपुरको मकवानपुरगढी गाउँपलिका वडा नंम्बर ८ बुढिचौरमा यही फागुन २१ गते शनिबार तेस्रो बृहत सोनाम ल्होछार सांस्कृतिक कार्यक्रम हुने भएको छ । आयोजकका अनुसार सांस्कृतिक संरक्षण तथा पर्यटन प्रवर्द्धनको लागि उक्त कार्यक्रम आयोजना गरिएको जनाएको छ ।

सोही दिन उक्त क्षेत्रमा प्याराग्लाडिङको पनि परीक्षण गर्न लागिएको मकवानपुरगढी गाउँपालिका वडा नंम्बर ८ का वडाध्यक्ष कुमार घिसिङ्गले जानकारी दिए । उनले गाउँपालिको बजेट मार्फत उक्त प्याराग्लाडिङको परीक्षण हुन लागेको बताए ।

कार्यक्रममा बागमती प्रदेशकी सामाजिक मन्त्री कुमारी मोक्तानको प्रमुख आतिथ्यता र गाउँपालिका अध्यक्ष बिदुर हुँमागाईको विशेष आतिथ्यता रहने जनाईएको छ । कार्यक्रममा डिआइडी प्लसका फ्रस्ट रनरअप तथा नेपालका चर्चित डान्सर सुजन मार्पा र ख्यातिप्राप्त राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर