Comments Add Comment

विश्वकप फुटबल : मोरक्कोलाई हराउँदै फ्रान्स फाइनलमा

विश्वकप फुटबलमा मोरक्कोलाई हराउँदै फ्रान्स फाइनल प्रवेश गरेको छ । बुधबार राती भएको खेलमा मोरक्कोलाई २–० गोल अन्तरले स्तब्ध पार्दै फ्रान्सले फिफा विश्वकपको उपाधिका लागि अर्जेन्टिनासँगको भेट निश्चित गरेको छ ।

विश्वकपको सेमिफाइनलमा पुग्ने पहिलो अफ्रिकी देशको इतिहास बनाएको मोरक्कोमाथि खेलको पाँचौं मिनेटनै गोल गरेर फ्रान्सले अग्रता लिएको थियो । त्यस्तै खेलको ७९औं मिनेटमा उस्मान डेम्बेलेलाई प्रतिस्थापन गरी मैदान छिरेको एक मिनेट नबित्दै कोलो मुआनीले अर्को गोल गर्दै २–० गोल अन्तरले अग्रता दिलाए । यय अघि अर्जेन्टिनाले सेमिफाइनलमा क्रोएसियालाई हराउँदै फाइनलमा प्रवेश गरेको थियो । उपाधिका लागि अब अर्जेन्टिना र फ्रान्स आगामी आइतबार दोहाको लुसेल रंगशालामा भिड्ने छ ।

0
Shares

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

test
Advertisment

छुटाउनुभयो कि? सबै