
बार्सिलोनाको स्टार फुटबलर लियोनल मेस्सीलाई दक्षिण अमेरिकन फुटबल कन्फड्रेसनले अन्तराष्ट्रिय फुटबलबाट ३ महिनाका लागि प्रतिबन्ध लगाउनुका साथै जरिवाना गरेको छ ।
मेस्सीले अघिल्लो महिना ब्राजिलमा भएको कोपा अमेरिका फुटबलमा भ्रष्टाचारी भएको आरोपमा कन्फड्रेसनले उनलाई ३ महिना कुनै पनि अन्तराष्ट्रिय फुटबल खेल्न नपाउने गरी प्रतिबन्ध लगाइएका साथै ५० हजार अमेरिकी डलरको जरिमानासमेत तोकिएको छ । मेसीले प्रतिबन्ध विरूद्ध ७ दिनभित्र अपिल गर्न सक्नेछन्। प्रतिबन्धका कारण मेसीले चिल्ली, मेक्सीको तथा जर्मनीविरूद्ध सेप्टेम्बर तथा अक्टुबरमा हुने मैत्रीपूर्ण खेलहरू खेल्न पाउने छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




