मकवानपुरको मनहरी गाउपालिका वडा नंम्बर ६ मा नेपाली कांग्रेसको प्यानल सहित विजयी भएको छ । मंगलबार बिहान सम्पन्न मत गणनाको परिणाम अनुसार वडाध्यक्षमा नेपाली कांग्रेसका युवराज थपलिया विजयी भएका हुन् । उनको प्यानल नै विजयी भएको हो । उनले वडाको कुल २९३४ मत मध्ये ९६८ मत ल्याई विजयी भएको छ ।

उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवारले ७०३ , माओवादीका उम्मेदवारले ७३४ , समाजवादीका उम्मेदवारले ३२१ र राप्रपाका उम्मेदवारले ११ मत ल्याएका थिए । त्यस्तै गाउँपालिका अध्यक्षमा नेकपा एमालेका उम्मेदवारले ५९७ , गठबन्धनका उम्मेदवारले १२२७ , समाजवादीका उम्मेदवारले ६३५ र राप्रपाका उम्मेदवारले २० मत प्राप्त गरेका छन् । त्यस्तै पालिका उपाध्यक्षमा एमालेका उम्मेदवारले ७०२ , गठबन्धनका उम्मेदवारले ११४७, समाजवादीका उम्मेदवारले ४०० र राप्रपाका उम्मेदवारले १८ मत प्राप्त गरेका छन् ।