दारी ग्याङ्ग हेटौँडाले आफ्नो पाचौं वार्षिकोत्सवको अवशरमा मकवानपुर गढी गाउँपालिका-६ मा रहेको ईश्वरी प्राथमिक विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थीलाई स्टेशनरी सामग्री वितरण गरेको छ । उनिहरुले हरेक वर्ष आफ्नो वार्षिकोत्सवको अवशर पारी सामाजिक क्षेत्रमा यस्तो गर्दै आएको बताएका छन् ।
मकवानपुरगढी – ६ का वडाअध्यक्ष टिकाप्रसाद दाहालको प्रमूख आतिथ्यतामा सम्पन्न कार्यक्रम ईश्वरी प्राथमिक विद्यालयका ब्यवस्थापन समिति अध्यक्ष कृष्ण प्रसाद हुमगाईको अध्यक्षता तथा सल्लाहकार बद्री दाहालको विशेष आतिथ्यतामा सम्पन्न भएको हो ।
दारी ग्याङ्ग भन्नासाथै ग्याङ्ग शब्दप्रति आम ब्यक्तिहरुको नकरात्मक धारणा रहने भएपनि आफूहरु आ आफ्नो क्षेत्रमा रहेर श्रम गर्ने र त्यसैबाट सामाजिक सेवा गर्ने समूह रहेको समूह सदस्य दीवश आचार्यले बताउनुभयो । समूह नभनेर किन ग्याङ्ग् भनियो भन्ने विषयमा पनि प्रष्ट पार्दै वहाँले आफूहरुको सकरात्मक उत्पत्ति भएको जानकारी दिनुभयो ।
जन्मदिनको अवशरमा मात्रै नभई असाहायहरुको सहयोगका निम्ति सधैं लागिपर्ने उनिहरुको प्रतिवद्धता रहेको थियो । दारी ग्याङ्गको प्रतिवद्धता सुनिसकेपछि प्रमूख अतिथी टिका प्रसाद दाहालले यस्ता सहयोगी भावना भएका मनहरु कुनै पनि भूगोलका भएपनि मकवानपुरगढी गाउँपालिका स्वागत गर्न चाहन्छ र हातेमालो गर्न पनि चाहन्छ भन्दै वडा सरकार सहयोगका लागि तयार रहेको बताउनुभयो ।
कार्यक्रममा दारी ग्याङ्ग्का तर्फबाट मुस्कान वाग्ले, संयोजक अजीत खड्का, सतिष अधीकारी, जीवराज लम्साल,सीताराम पुडासैनी, लगायतकाको उपस्थिती रहेको कार्यक्रममा विद्यालयका प्रधानाध्यापक सुनिल गौतम,स प्रअधरणीधर पौडेल, चण्डिका घिमिरे, अमृतराज थापामगर, होमकुमारी गौतम, शान्ती सापकोटा समाजसेवी कृष्ण प्रसाद चौलागाँई, जीत बहादुर घलान लगायतकाको उपस्थिती रहेको थियो ।
दारी ग्याङ्ग् लगायत काठमाण्डौबाट किरणजङ्ग कार्की र सिर्जनशील ईन्टरप्राईजेज हेटौंडाले यो अभियानलाई सहयोग गरेको हो । दारी ग्याङ्ग् हेटौंडाले अघिल्लो वर्ष मकवानपुरगढीकै ज्वालादेवी आधारभूत विद्यालयमा शैक्षिक सामग्री सहयोग गरेको थियो ।
हेर्नुहोस् तस्वीरहरु :