प्रदेश ५ को राजधानी सार्ने निर्णय गरेको भन्दै बुटवलमा विरोध

रुपन्देहीका स्थानीय तहले प्रदेश नं ५ सरकारले प्रदेशको स्थायी राजधानी र नामाकरणको प्रस्ताव प्रदेशसभाबाट फिर्ता गरेर रुपन्देहीलाई नै स्थायी मुकाम तोक्न माग गरेका छन् । सरकारले प्रदेशसभामा राजधानीका लागि नयाँ ठाउँ प्रस्ताव गरेको बिरोधमा विभिन्न राजनितिक दल तथा सङ्घसंस्थाले बिरोध जनाएका छन् । सरकारलाई उक्त प्रस्ताव फिर्ता लिन र रुपन्देहीलाई प्रदेशको स्थायी राजधानी तोक्नसमेत उनीहरुले माग गरेका छन् । सरकारको उक्त निर्णयको बिरोधमा नेपाली काँङ्ग्रेस शुक्रबार देखिनै आन्दोलनमा उत्रिएको छ । उक्त पार्टीको आज बुटवलमा भएको नगर, क्षेत्र र जिल्लास्तरीय भेलाले आन्दोलनका विभिन्न कार्यक्रमको घोषणासमेत गरेको छ ।

उक्त पार्टीले सरकारको निर्णयको बिरोधमा आइतबार जिल्ला बन्द र असोज १९ गते राजधानी सार्ने निर्णयको बिरोधमा उत्रन प्रदेशसभा सदस्यलाई दावाब दिन प्रदेशसभा अगाडी धर्ना दिने कार्यक्रमसमेत तय गरेको पार्टीका बुटवल नगर सभापति खेलराज पाण्डेले जानकारी दिए । यस्तै व्यवसायिक सङ्घसंस्थाले पनि सरकारको उक्त प्रस्तावप्रति असन्तुष्टि व्यक्त गरेका छन् । रुपन्देही व्यापार सङ्घ, रुपन्देही उद्योग सङ्घ, बुटवल उद्योग वाणिज्य सङ्घलगायत संस्थाले अलगअलग विज्ञप्ति जारी गरेर बुटवलमा अस्थायी राजधानी स्थापनाका लागि आ आफ्ना भौतिक संरचना सरकारलाई बुझाएर योगदान गरेको तर, सरकारले अहिले आम जनताको चाहनाको अबमूल्यन गरेर राजधानी अन्यत्रै सार्ने प्रस्ताव ल्याएकोमा असन्तुष्टि जनाएका छन् ।

अनलाइनपत्र संवाददाता

Next Post

अत्यावश्यक काम नपरी काठमाडौं नआउन सरकारको आग्रह

Sun Oct 4 , 2020
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी काठमाडौं उपत्यका प्रवेश नगर्न आग्रह गरेको छ । शनिवार नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा यतिबेला संक्रमण दर बढेको भन्दै अत्यावश्यक काम नपरी काठमाडौं नआउन आग्रह गरेका हुन् ।“सकभर काठमाडौं नआउनु, आउने परे स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर आउनुहोला,” […]

सम्बन्धित खबर