यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

अत्यावश्यक काम नपरी काठमाडौं नआउन सरकारको आग्रह


स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सर्वसाधारणलाई अत्यावश्यक काम नपरी काठमाडौं उपत्यका प्रवेश नगर्न आग्रह गरेको छ । शनिवार नियमित पत्रकार सम्मेलनका क्रममा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले उपत्यकामा यतिबेला संक्रमण दर बढेको भन्दै अत्यावश्यक काम नपरी काठमाडौं नआउन आग्रह गरेका हुन् ।“सकभर काठमाडौं नआउनु, आउने परे स्वास्थ सुरक्षाको मापदण्ड अपनाएर आउनुहोला,” उनले भने । पछिल्लो समय काठमाडौं उपत्यकाका तीन जिल्लामा कोरोना संक्रमण दर दिनदिनै बढिरहेको छ। शनिवार मात्रै उपत्यकामा ११७७ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ।