
थाहा नगरपालिका वडा नम्बर ५ को कार्यालयमा गएराती अज्ञात समूहले आगजनी गरेको छ । आरनडाँडामा रहेको वडा कार्यालयमा राती करिब ११ः४० बजेतिर कार्यालयमा आगजनी भएको वडा अध्यक्ष विष्णु बहादुर गुरुङले जानकारी दिए । कार्यालयको ढोका फुटाएर पेट्रोल तथा मट्टितेल छर्किएर आगो लगाएको पाइएको उनले बताए । विद्युत मीटर बक्स फुटेको आवाजपछि गाउँलेले घटनाबारे थाहा पाए पनि कसले आगजनी गर्यो भन्ने खुलेको छैन ।
आगजनीबाट कार्यालयमा भएको कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। घटनाको घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । वडा कार्यालयको नव निर्मित भवनबाट केही समयअघिबाट मात्र सेवा सुरु गरिएको थियो ।
Tags
No tags
About the Author
Related Articles
कर्णाली प्रदेश
कर्णाली प्रदेशमा आज सार्वजनिक बिदा
Trending News

Primary Sidebar Widget Area
Recent Posts
Categories
Newsletter
Subscribe to our newsletter for the latest updates and news.






