
थाहा नगरपालिका वडा नम्बर ५ को कार्यालयमा गएराती अज्ञात समूहले आगजनी गरेको छ । आरनडाँडामा रहेको वडा कार्यालयमा राती करिब ११ः४० बजेतिर कार्यालयमा आगजनी भएको वडा अध्यक्ष विष्णु बहादुर गुरुङले जानकारी दिए । कार्यालयको ढोका फुटाएर पेट्रोल तथा मट्टितेल छर्किएर आगो लगाएको पाइएको उनले बताए । विद्युत मीटर बक्स फुटेको आवाजपछि गाउँलेले घटनाबारे थाहा पाए पनि कसले आगजनी गर्यो भन्ने खुलेको छैन ।
आगजनीबाट कार्यालयमा भएको कागजपत्र तथा फर्निचर जलेर नष्ट भएको इलाका प्रहरी कार्यालय पालुङले जनाएको छ। घटनाको घटनामा संलग्नको खोजी भइरहेको प्रहरीले जनाएको छ । वडा कार्यालयको नव निर्मित भवनबाट केही समयअघिबाट मात्र सेवा सुरु गरिएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
00000
प्रतिक्रिया
तपाईको विचार हामीलाई सुनाउनुहोस्
तपाईको प्रतिक्रिया सार्वजनिक गरिनेछ




