2025-12-11 9:54 pm

अमेरिकामा कार दुर्घटना : दुई नेपालीको मृत्यु, एक गम्भीर घाइते

असोज २७, २०७६ बोस्टन : अमेरिकाको ओहायोको कोलम्बसमा शनिबार भएको कार दुर्घटनामा दुई नेपालीको मृत्यु भएको छ। दुर्घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये एकजना अवस्था गम्भीर छ। 

स्थानीय समाचार  संस्था डब्ल्युसिएमसएचका अनुसार स्थानीय सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा राति १० बजे दुर्घटना भएको थियो। दुर्घटनामा २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको निधन भएको हो। २२ वर्षीया सिर्जना विश्वकर्मा (कुनै माध्यममा उनको नाम तारा पनि लेखिएको छ)को माउन्ट कार्मल अस्पताल उपचार भइरहेको छ। उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ। दुर्घटनामा तीन वटा गाडी ठोक्किएका थिए। अर्को गाडीमा सवार खालेब वाट्सन र कोबी स्टिलवेललाई पनि ग्रान्ट मेडिकल सेन्टर अस्पताल लगिएको थियो। स्टिलवेलले हाँकेको विश्वकर्माले हाँकेको टोयोटा क्याम्रीसँग ठोक्किएको थियो। स्टिलवेलको कार गएर टोयोटा टकोमा ट्रकमा बज्रिएको थियो। 

दुर्घटनामा चारजना घाइते भएका छन्। घाइतेमध्ये एकजना अवस्था गम्भीर छ।  स्थानीय समाचार  संस्था डब्ल्युसिएमसएचका अनुसार स्थानीय सनबरी रोड र मोर्स रोडको इन्टरसेक्सनमा राति १० बजे दुर्घटना भएको थियो। दुर्घटनामा २४ वर्षीया अञ्जु विश्वकर्मा र कुमारी विश्वकर्माको निधन भएको हो। २२ वर्षीया सिर्जना विश्वकर्मा (कुनै माध्यममा उनको नाम तारा पनि लेखिएको छ)को माउन्ट कार्मल अस्पताल उपचार भइरहेको छ। उनको अवस्था चिन्ताजनक रहेको जनाइएको छ। दुर्घटनामा तीन वटा गाडी ठोक्किएका थिए। अर्को गाडीमा सवार खालेब वाट्सन र कोबी स्टिलवेललाई पनि ग्रान्ट मेडिकल सेन्टर अस्पताल लगिएको थियो। स्टिलवेलले हाँकेको विश्वकर्माले हाँकेको टोयोटा क्याम्रीसँग ठोक्किएको थियो। स्टिलवेलको कार गएर टोयोटा टकोमा ट्रकमा बज्रिएको थियो। 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad