प्रतिनिधिसभाको आईतबार सम्पन्न भएको दोस्रो बैठकले ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी सम्झौता बहुमतले अनुमोदन भएको छ। लामो रस्साकस्सीपछि झन्डै ६० अर्ब रुपियाँ बराबरको अमेरिकी अनुदान सम्झौता एमसीसी प्रतिनिधिसभाबाट अनुमोदन भएको हो। व्याख्यात्मक टिप्पणी सहित एमसीसी अनुमोदन गर्न सत्ता साझेदार दलहरू सहमत भएसँगै प्रतिनिधिसभा सभाको दोस्रो बैठकबाट एमालेको अवरोधका बीच एमसीसी पारित भएको हो।