Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

भक्तपुरमा हाते ट्याक्टर पल्टिँदा चालकको मृत्यु

Company Register

भक्तपुर – भक्तपुरको दार्जिलिङ हाइटमा शनिबार बिहान खेत जोत्ने हाते ट्याक्टर पल्टिँदा चालकको मृत्यु भएको छ। सूर्यविनायक नगरपालिका–८ दार्जिलिङ हाइटमा खेत जोत्न लाँदै गरेको हाते ट्याक्टर पल्टिँदा सोही स्थान बस्ने ५० वर्षीय कृष्ण राम सुवालको मृत्यु भएको हो।

Advertisement

खेत जोत्न लाँदै गरेको हाते ट्याक्टर पक्की सडकबाट भिरालो बाटोमा गुडाएर लाने क्रममा अनियन्त्रित भई पल्टेर दुर्घटना भएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकारी प्रहरी नायव उपरिक्षक दीपक गिरीले बताए।

उनका अनुसार ट्याक्टरसँगै मृतक सुवाल पनि पल्टिँदै गएका थिए। सोही क्रममा ट्याक्टरको फाली (खेत जोत्ने भाग)ले सुवालको घाँटी लगायतका स्थानमा गम्भीर चोट लागेको थियो।

घटनाको बारेमा जानकारी प्राप्त हुनासाथ प्रहरी घटनास्थल पुगेर सुवाललाई उद्धार गरी उपचारका लागि मध्यपुर अस्पताल पुर्‍याएको थियो। त्यहीँ उपचारको क्रममा सुवालको मृत्यु भएको प्रनाउ गिरीले जानकारी दिए। घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Website Designe 1024×117
Loading...