Comments Add Comment

चाडपर्वको अवसरमा एनसेलले ल्यायो प्रिपेड ग्राहकका लागि ‘इन्डलेस कुराकानी प्लस’ अफर

चाडपर्वको अवसरमा सञ्चार सेवा प्रदायक एनसेलले प्रिपेड ग्राहकका लागि ‘इन्डलेस कुराकानी प्लस’ अफर सार्वजनिक गरेको छ । सार्वजनिक भएको अफरमा  एनसेल नेटवर्कभित्र तथा अन्य नेटवर्कमा रहेका आफ्ना परिवार, आफन्त र साथीभाइसँग अझै सुलभ दरमा धेरै कुराकानी गर्न सकिने छ । यसअन्तर्गत भ्वाइस प्याक सुचारु गर्ने ग्राहकले अन्य नेटवर्कमा कर सहित मात्र  १ रुपैया २८ पैसामा कुरा गर्न सक्छन् ।

अन्य अवस्थामा एनसेल नेटवर्क बाहिरको नेटवर्कमा कल गर्दा  २ रुपैया ५४ पैसा  प्रति मिनेट शुल्क लाग्छ । यसका साथै एनसेलले यही योजना अन्तर्गत भ्वाइस प्याक लिएर खपत गरेका ग्राहकका लागि एनसेल नेटवर्कभित्रको कल शुल्क पनि घटाएको छ । इन्डलेस कुराकानी प्लस अन्तर्गत भ्वाइस प्याक लिएका ग्राहकले हरेक दिन तोकिएको निश्चित मिनेट प्रयोग भैसकेको अवस्थामा मात्र  ६४ पैसा प्रति मिनेटमा एनसेल नेटवर्कभित्र कुराकानी गर्न सक्छन् ।

अन्य अवस्थामा एनसेल नेटवर्कभित्र कल गर्दा विद्यमान  २ रुपैया ५४ पैसा  प्रति मिनेट शुल्क लाग्छ । इन्डलेस कुराकानी प्लस अन्तर्गत प्रिपेड ग्राहकले ७ दिन, १५ दिन वा ३० दिनको समयावधि रहेको भ्वाइस प्याक आफ्नो आवश्यकता अनुसार सुचारु गर्न सक्छन् । ७ दिन समयसिमा रहेको प्याकमा ग्राहकले मात्र  ९५ रुपैया ७७ पैसामा  मा ७०० मिनेट अन नेट टक प्राप्त गर्नेछन् ।

त्यस्तै, गाहकले मात्र  १९१ रुपैयाँ ५४ पैसामा  १५ दिने प्याक सुचारु गरी प्रत्येक दिन १२५ मिनेट र ३८१ रुपैयाँ ७९ पैसामा ३० दिनको प्याक लिएर हरेक दिन १५० मिनेट अन नेट टक टाइमको फाइदा लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर