Comments Add Comment

नेपाल टेलिकमले ग्राहकको लागि ल्यायो बम्पर अफर

नेपाल टेलिकमले ग्राहकको सुविधाका लागि विभिन्न प्याकेजसहितको आकर्षक ‘अटम अफर’ उपलब्ध गराउने भएको छ। टेलिकमले बिहीबार प्रेस विज्ञप्ति जारी गरी उक्त अफरअन्तर्गतको सेवा आजदेखि ९० दिनसम्म लिन सकिने व्यवस्था गरिएको जनाएको छ ।

यसअघि उपलब्ध समर अफरअन्तर्गतका प्याकेजमा केही थप सुविधासहित अटम अफर ल्याइएको छ। पहिले उपलब्ध भएका डे डाटा प्याक, डे भ्वाइस प्याक र एफटीटीएच कम्बो प्याकलाई परिमार्जन गरी अझै ग्राहकमैत्री बनाइएको छ । डे डाटा प्याकअन्तर्गत अब १० रुपैयाँमा बिहान ६ देखि बेलुकी ६ बजेसम्म एक दिनका लागि ८० एमबी डाटा चलाउन सकिने छ। डे भ्वाइस प्याकअन्तर्गत १० रुपैयाँमा बिहान ५ बजेदेखि बेलुकी ५ बजेसम्म गरी १०० मिनेट कम्पनीकै नेटवर्कमा भ्वाइस कल गर्न सकिने छ ।

एफटीटीएच कम्बो प्याकअन्तर्गत अन्य कम्बो प्याकको मूल्य उही भए पनि १५ एमबीपीएसको कम्बो प्याकको मूल्य भने घटाइएको छ। पहिलेको एक हजार २०० को प्याकलाई एक हजार, तीन हजार ४०० को प्याकलाई तीन हजार, ६ हजार ४०० को प्याकलाई पाँच हजार, पाँच सय र १२ हजार ३०० को प्याकलाई अब १० हजार ५०० मात्र पर्ने भएको छ। विभिन्न प्याकेज प्राप्त गर्नका लागि ग्राहकले ८ज्ञद्धज्ञछ३ मा डायल गर्नुपर्नेछ। कम्पनीको एप ‘नेपाल टेलिकम’ बाट पनि यससम्बन्धी जानकारी लिन तथा सेवा खरीद गर्न सकिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

सम्बन्धित खवर