
टेलिभिजन प्रस्तोता रवि लामिछानेको आत्महत्या दुरुत्साहन मुद्दा उच्च अदालत हेटौंडामा आज बिहीबार सुनुवाइ भएको छ। जिल्ला अदालत चितवनको आदेश विरुद्ध लामिछानेले हालेको निवेदनमा उच्च अदालत पाटन अन्तर्गतको हेटौंडा इजलाशमा सुनुवाइ गर्दै रबि लामिछानेको पक्षमा फैसला गरेको हो ।उच्च अदालतले विहिबार रवि र सरकारी पक्षको निवेदनमा सुनुवाई गर्दै धराैटी माग गर्ने आदेश सदर गरेकाे छ भने विदेश जान अनुमति लिनुपर्ने कार्यक्रम सञ्चालन गर्न नपाउने जस्ताे शर्तहरु भने बदर गर्ने आदेश गरेको छ ।
यो फैसला संगै रबि लामिछाने विदेश जान अनुमति लिनु नपर्ने भएको छ। जिल्ला अदालतको आदेश विरुद्ध लामिछानेले भदौ २३ गते निवेदन दिएका थिए। लामिछानले निवेदन दिएको भोलिपल्ट भदौ २४ गते सरकारी पक्ष पनि अदालत पुगेको थियो। दुवैको निवेदनमा उच्च अदालतले जिल्लाको फाइल मगाउने आदेश गरेको थियो । पत्रकार शालिकराम पुडासैनीको आत्महत्या प्रकरणमा पक्राउ परेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता लामिछाने ५ लाख धरौटी बुझाइ रिहा भएका थिए।
जिल्लाको निर्णय बदरको माग गर्दै उनले निवेदन दिएका थिए। जिल्ला अदालत चितवनले गरेको आदेशमा पुडासैनी घटनाबारे कार्यक्रममा बोल्न नपाउने, विदेश भ्रमण जानुअघि अदालतको अनुमति लिनुपर्ने लगायतका सर्त राखेको थियो। लामिछानेसहित पत्रकार युवराज कँडेल र अस्मिता कार्की पत्रकार पुडासैनीको आत्महत्या दुरुत्साहन आरोपमा पक्राउ परेका थिए। कँडेल ३ लाख धरौटीमा र कार्की साधारण तारेखमा र’हा भएका थिए।







