आन्तरिक वायुसेवा कम्पनीले हवाई भाडा घटाएका छन्। सरकारले आन्तरिक हवाई इन्धनको मूल्यमा ४ रुपैयाँ ५० पैसाले घटाएसँगै कम्पनीले शुक्रबारदेखि लागु हुने गरी हवाई भाडादर केही घटाएका छन्। विमान कम्पनीले कम्तीमा २५ रुपैयाँदेखि बढीमा २ सय रुपैयाँ हवाइ भाडा घटाएको नेपाल वायुसेवा सञ्चालक संघका प्रवक्ता योगराज कँडेल शर्माले जानकारी दिए। हवाई कम्पनीले काठमाडौंबाट हुने माउन्टेन फ्लाइटमा १५० रुपैयाँ घटाएको छ।
पोखरा, भरतपुर, विराटनगर, जनकपुर, सिमरा, भैरहवा, धनगढीको भाडा मुल्यमा क्रमशः ७५, ४५, ११०, ६०, ४०, ९५, २०० रुपैयाँ घटेको छ। यस्तै, नेपालगंज, भद्रपुर, तुमलिङ्गटार, राजविराज, लुक्ला र जोमसोमको भाडा मूल्यमा क्रमशः १५०, १३५, ८०, १५५, ९०, ६० र २५ रुपैयाँ घटेको छ। कम्पनीले काठमाडौं जोमसोमको उडानमा सबैभन्दा कम २५ रुपैयाँ र सबैभन्दा बढी धनगढीमा दुई सय रुपैयाँसम्म हवाई भाडा घटाएका छन्।