2025-11-09 12:54 pm

जगदम्बा स्टिल उद्योगमा आगलागी, दुई भारतीय मजदुरको मृत्यु

सिमरास्थित जगदम्बा स्टिल उद्योगमा शनिबार आगलागी हुँदा दुई भारतीय मजदुरको मृत्यु भएको छ । घटनामा चार मजदुर घाइते भएका छन् ।उद्योगमा रहेको फर्निस आयलको ट्याङ्कीमाथि वेल्डिङ गर्ने क्रममा बेलुकी साढे सात बजे आगलागी भएको हो ।आगलागीमा परी दुई मजदुरको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । दुईवटा दमकलले एक घन्टा लगाएर आगो नियन्त्रणमा लिएको डीएसपी दिपक श्रेष्ठले जानकारी दिए ।मृत्यु हुनेमा भारतको बिहारस्थित पश्चिम चम्पारण घर भएका ४० वर्षिय प्रदिप गौण र बिहानकै सिवान जिल्लाका ४५ वर्षिय रामनाथ महतो रहेका छन् ।घाइतेहरूको सिमरास्थित तराइ अस्पतालमा उपचार भइरहेकोमा गम्भीर अवस्था रहेका एक जनालाई वीरगञ्जको वयोधा अस्पतालमा रिफर गरिएको छ ।

About the Author

Ad
Ad