Coronavirus COVID-19

सुनको भाउ आज तोलामा ५ सयले वृद्धि

[Ads]

काठमाडौं – सुनको भाउ आइतबार प्रतितोला ५ सय रुपैयाँले बढेको छ । नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको भाउ तोलाको ९६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको भाउ तोलाको ९५ हजार ८६० रुपैयाँ निर्धारण भएको छ । यो अहिलेसम्मकै सर्वाधिक बढी मूल्य हो । चाँदी भाउ पनि अहिलेसम्मकै उच्च अर्थात ११ सय ५५ रुपैयाँ पुगेको छ ।

Advertisement

यसअघि गत शुक्रबार छापावाल सुनको भाउ तोलाको ९५ हजार ८ सय रुपैयाँ रहेको थियो । तेजावी सुनको भाउ तोलाको ९५ हजार ३६५ रुपैयाँ निर्धारण भएको थियो । चाँदी तोलाको ११ सय ५० रुपैयाँमा कारोबार भएको थियो । सुन चाँदी व्यवसायीले अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढेकाले नेपालमा पनि लगातार वृद्धि भइरहेको बताएका छन् । सुनको मूल्य प्रतितोला १ लाख रुपैयाँसम्म पुग्ने उनीहरुको अनुमान छ । 

Onlinepatra TVका भिडियोहरु हेर्न यहाँ क्लिक गर्नुहोस् । subscribe मा क्लिक गरेपछि सँधै भिडियो हेर्न पाईनेछ । नजिकैको बेल (🔔) मा थिचे अपलोड गर्नासाथ पहिलो दर्शक बन्न पाउँनुहुनेछ ।

Advertisement

प्रतिक्रिया
Loading...