Menu

आजको मौसम कस्तो?

काठमाडाैं – जल तथा मौसम पूर्वानुमान महाशाखाले हाल देशमा उल्लेखनीय मौसमी प्रणाली नरहेकोे जनाएको छ ।

हाल प्रदेश नं १, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश र देशका पहाडी भूभागमा आंशिक बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ ।

मंगलबार राति प्रदेश नं १ को पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी पहाडी भू–भागहरुमा आंशिक बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।

प्रदेश १, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

दिउँसो देशभर पहाडी भू–भागहरुमा आंशिकदेखि सामान्य बदली रही अन्य भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । देशका पहाडी भू–भागका केही स्थानमा हल्का वर्षाको सम्भावना छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

00000

लेखकको बारेमा

वरिष्ठ समाचार लेखक

0 लेखहरू
1970-01-01 सदस्य भएको
0 कमेन्टहरू
Ad
Ad