बाघको आक्रमणबाट बारामा सोमबार एक युवकको मृत्यु भएको छ । जंगलमा घाँस काट्न गएका जीतपुरसिमरा उपमहानगर पालिका–१६ का ३१ वर्षीय सुरेश मगरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । कोल्हवी नगरपालिका – २ स्थित तामागढी साझेदारी वनमा ४ जना घाँस काट्न गएको बेला बाघले एक्कासी आक्रमण गरको थियो ।