मकवानपुरमा आईतबार थप ९१ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालयका अनुसार पछिल्लो २४ घण्टामा ३८ जनामा पिसिआर र १३८ जनामा एन्टीजेनबाट परीक्षण गर्दा क्रमशः १२ जना र ७९ जनामा कोरोना पुष्टि भएको छ । त्यस्तै आईतबार २० जना संक्रमण मुक्त भएका छन् । जिल्लामा हाल १ हजार ५७१ जना सक्रिय संक्रमित रहेको कार्यालयले जनाएका छन् ।