पछिल्लोे समय कोरोना संक्रमण बढेसँगै जिल्ला प्रशासन कार्यलय मकवानपुरले जिल्लामा मास्क नलगाई हिँडडुल गर्नेलाई १०० रुपैयाँ जरिवाना गराउने भएको छ ।

आईतबार बसेको जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले सार्वजनिक स्थानमा भिडभाड गर्न नदिने र नियन्त्रण तथा व्यवस्थापन गर्ने , जनस्वास्थ्य मापदण्ड पालना गर्ने र गराउने निर्णय समेत गरेको प्रमुख जिल्ला अधिकारी भरतमणी पाण्डेले जानकारी दिएका छन् ।