मकवानपुरमा बुधबार एकै दिन ५८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । बागमती प्रदेशको सामाजिक विकास मन्त्रालयका डाक्टर पुरुषोत्तम सेढाइका अनुसार हेटौंडा र धुलीखेलमा गरिएको परिक्षणमा एकै दिन ५८ जनामा कोरोना संक्रमण देखिएको हो । हेटौंडाको उपमहानगरपालिका वडा नम्बर १० स्थित किटजन्य रोग अनुसंधान तथा तालिम केन्द्रको प्रयोगशालामा मकवानपुर जिल्लाका १५ जनामा कोरोना संक्रमण भएको डा.सेढाईले वताउनुभयो । हेटौंडाको प्रयोगशालामा मकवानपुरका १५ जना र काभ्रे जिल्लाको धुलीखेत स्थीत जनस्वास्थ्य प्रयोगशालामा गरिएको परिक्षणमा ४३ जनामा कोरोना संक्रमण पुष्टि भएको उहाँले वताउनुभयो ।

हेटौंडाको प्रयोगशालामा बुधबार कुल २ सय ८८ जनाको स्वाब परिक्षण गरिएकोमा २३ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । मकवानपुरका १५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो भने अरु ८ जना जिल्ला बाहिरको स्वाबमा रिपोर्ट पोजेटिभ आएको थियो । यसैगरी काभ्रेको धुलीखेलको प्रयोगशालामा ५ सय ७ जनाको कोरोना परिक्षण गरिएकोमा ५५ जनाको रिपोर्ट पोजेटिभ आएको थियो । त्यस मध्यमा ४३ जना मकवानपुरको र अरु अरु १२ जनाको पोजेटिभ रिपोर्ट मकवानपुर बाहेकका जिल्लाको रहेको छ । ४ सय ५२ जनाको रिपोर्ट भने नेगेटिभ आएको उहाँले जानकारी दिनुभयो ।