Onlinepatra.com
Online Patra Media Pvt. Ltd.

मकवानपुरमा कोरोना संक्रमितको संख्या २१ सय नाघ्यो

Company Register

मकवानपुरमा हालसम्म १२ हजार ६ सय १३ जनाको पीसीआर गरिएकोमा २ हजार १ सय १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मकवानपुरमा बिदेशबाट फर्किएकाहरु र यही रहेकाहरुमा कोरोनाको लक्षण देखापरेपछी पीसीआर जाँचको कामलाई तिव्रता दिइएको छ । कुनैपनि क्षेत्रका व्यक्तिमा कोरोनाको संका लागेकाहरुका जाँचको काम भने तिव्र भइरहेको छ । पहिलेको तुलनामा मकवानपुर जिल्लामा कोरोना संक्रमण दर भने बढ्दै गएको छ ।

Advertisement

पहिले कोरोना जाँच गरिएपनि धेरैजसोको रिपोर्ट नेगेटिभ प्राप्त भएपनि अहिले भने पोजेटिभ देखिन थालेको छ । हेटौंडाको मुख्य बजार क्षेत्रका बिभीन्न वडामा कोरोना भाइरस संक्रमित देखिएका छन् । घना वस्ती भएका क्षेत्र र मुख्य वजार क्षेत्रमा धेरै संक्रमित देखा परेका हुन् । बजारको तुलनामा मकवानपुरका अरु ९ वटा स्थानीय तहमा अत्यन्त कम मात्र संक्रमित देखा परेका छन् ।

अनलाइनपत्रको अंग्रेजी, संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।
Loading...