यो वेवसाइट अनलाइन पत्र डट कम् को आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषा र अँग्रेजी भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई यसले समेट्छ।

जंगी अड्डाले निवर्तमान रक्षामन्त्री पोखरेललाई आइतबार बिदाइ गर्ने


निवर्तमान उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेललाई नेपाली सेनाको जंगी अड्डाले आइतबार बिदाइ गर्ने भएको छ । जंगी अड्डाले निवर्तमान रक्षामन्त्रीको हैसियतमा आइतबार साँझ पोखरेलको बिदाइ गर्ने भएको हो । प्रधानमन्त्री केपी ओलीले उपप्रधानमन्त्री पोख्रेललाई प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय हेर्न जिम्मेवारी प्रदान गरेका छन् । रक्षा मन्त्रालयबाट बिहीबार बिदाइ भएका पोखरेललाई जंगी अड्डाले आइतबार बिदाई गर्ने समय मिलाएको छ । बिहीबारबाट उपप्रधानमन्त्री ईश्वर पोखरेलले सम्हाल्दै आएको रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले स्वयं सम्हालेका छन् ।

Advertisement